जापानमा कार्यरत एक नेपालीको हृदयघातबाट निधन — OSNepal

जापानमा कार्यरत एक नेपालीको हृदयघातबाट निधन

LC (KTM) March 09, 2023 0

काठमाडौं – जापानमा एक नेपालीको हृदयघातबाट निधन भएको छ । मृत्यु हुनेमा गलुङको गलकोट नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पदमबहादुर चोखाल रहेका छन् । उनी जापानमा कुक पेशामा कार्यरत थिए ।

विगत १४ वर्षदेखि जापानमा कार्यरत चोखाल मंगलबार आफ्नो आफ्नो नियमित कामबाट घर फर्केर श्रीमतीसँगै खाना खाएर सुतेकामा बिहान मृत अवस्थामा भेटिएका थिए । चोखालको नेपालमा एक छोरीसमेत रहेकी छन् ।

उनि जापानको सिनगावा नजिकै श्रीमतीसँगै बस्दै आएका थिए । स्वर्गीय चोखालको मार्च ११ जापानमै अन्तिम संस्कार गरिने एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर