फिल्म ‘बिहे पास’को गीत ‘खाली छैन मेरो मुटु’मा दया र प्रकृतीको रोमान्स — OSNepal

फिल्म ‘बिहे पास’को गीत ‘खाली छैन मेरो मुटु’मा दया र प्रकृतीको रोमान्स

LC (KTM) March 10, 2023 0

काठमाडौं -फिल्म ‘बिहे पास’को पहिलो गीत ‘खाली छैन मेरो मुटु’ सार्वजनिक भएको छ । । यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई र प्रकृती श्रेष्ठको रोमान्स देख्न सकिन्छ ।

अस्तित्भा कर्ण र बिद्या मञ्जु तिवारीको स्वर रहेको गीतमा प्रवेश मल्लिकको संगीत र डिपी खनालले शब्द रहेको छ ।भिडियोमा रामजी लामीछानेको कोरियोग्राफी छ ।

फिल्ममा दया र प्रकृतीका अलवा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलको समेत अभिनय रहेका छ ।

प्रबेश पौडेलको निर्देशनमा तयार भएको यो फिल्म पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको हो ।फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।

शिब ढकालको छायांकन रहेको फिल्ममा मित्र गुरुङको सम्पादन छ । मर्रे केर, आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको फिल्मको पटकथा भने आकाश र सजनले लेखेका हुन् । फिल्म बैशाखको १ गतेबाट रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर