गायक सुरेन गौतम र गायिका बिद्या तिवारीको दुई नजरमा पुष्प, केबिका र सुन्दरको अभिनय, हेर्नुहोस् भिडियो — OSNepal

गायक सुरेन गौतम र गायिका बिद्या तिवारीको दुई नजरमा पुष्प, केबिका र सुन्दरको अभिनय, हेर्नुहोस् भिडियो

LC (KTM) March 11, 2023 0

काठमाडौँ । गायक सुरेन गौतम र गायिका बिद्या तिवारीको स्वर रहेको दुई नजर बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विष्णुहरि तिवारीको शब्द, बिक्रम थापाको संगीत रहेको दुई नजरमा दिनेश श्रेष्ठको एरेन्ज रहेको छ ।

लोकप्रिय निर्देशक सुब्रतराज आचार्यको निर्देशनमा तयार भएको डान्सिगं शैलीको सार्वजनिक गीतमा ह्याडसम नायक तथा मोडल पुष्प खड्का, केबिका खत्री र सुन्दर दासको अभिनय देख्न सकिन्छ ।

प्रेम, रोमान्सले भरिएको दुई नजरमा केबीका र पुष्प गज्जबसँग खुल्दै निकै रोमान्टिक बनेका छन् । विष्णुहरि तिमल्सिनाको सम्पादन रहेको भिडियोको कोरियोग्राफी मोडल केबिकाले नै गरेकी हुन् ।

जसको छायांकन उत्सब दाहालले गरेका हुन् । गायक सुरेनकै अफिसियल च्यानलबाट बजारमा आएको सार्वजनिक गीतको भिडियोको निर्माता सृजना श्रेष्ठ हुन् ।

सृजना श्रेष्ठको निर्माणमा “दुई नजर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर