बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते — OSNepal

बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते

LC (KTM) March 11, 2023 0

तनहुँ, २७ फागुन-तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। शनिबार दिउँसो सवा ३ बजे बन्दीपुर गाउँपालिका-१ नाहालास्थित पृथ्वी राजमार्गमा गाडी दुर्घटना भएको हो ।दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बाग्मति प्रदेश ०६-००१ ज ००१७ नम्बरको फोर्स गाडी अचानक अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।घाइतेमध्ये चार जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ। यस्तै घाइते सात जनालाई काठमाडौंस्थित ट्रमा अस्पतालमा पठाइएको छ । चालक नवीन राईको तनहुँमै उपचार भइरहेकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर