पश्चिमी इन्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो,१८ जनाको खोजी कार्य जारी — OSNepal

पश्चिमी इन्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो,१८ जनाको खोजी कार्य जारी

LC (KTM) March 12, 2023 0

जकार्ता-इन्डोनेसियाको पश्चिमी प्रान्त नाटुना रिजेन्सीमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । विपद् न्यूनीकरण निकाय (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीले पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ३६ पुगेको जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, “पहिरोमा पुरिएका ३६ जनाको शव निकालिएको छ । यसबीचमा हराइरहेका १८ जनाको खोजी कार्य जारी छ,” मुहारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लगातारको भारी वर्षाका कारण सोमबार दिउँसो पहिरो खसेको हो । पहिरोपछि तीन वटा गाउँ पुरिएको र एक हजारभन्दा बढी मानिसले अस्थायी आश्रय लिएका बताइएको छ । इन्डोनेसियामा सामान्यतया वर्षायाममा ठूलो बाढी र पहिरोजस्ता थुप्रै जल उत्पन्न प्रकोपहरू हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर