रितेश अग्रवालका पिताको २० औं तलाबाट खसेर दुखद निधन — OSNepal

रितेश अग्रवालका पिताको २० औं तलाबाट खसेर दुखद निधन

LC (KTM) March 12, 2023 0

काठमाडौं – रितेश अग्रवालका पिता रमेश अग्रवालको शुक्रबार सोसाइटीको २० औं तलाबाट खसेर मृत्यु भएको छ । रमेश अग्रवाल गुडगाउँको सेक्टर ५४ मा रहेको डीएलएफ द क्रेस्ट भवनको २० औं तलाबाट खसेर मृत्यु भएको भारतिय मिडियाले जनाएका छन् ।

घटना पछि सेक्टर ५३ का एसएचओको टोली घटनास्थलमा पुगेको बताइएको छ । दिउँसो एक बजे सुरक्षा गार्डले थाहा पाएपछि रमेश अग्रवाललाई तत्काल निजी अस्पताल लगिएको थियो ।

छोरा रितेशले बाबुको मृत्युपछि छोरा रितेशले उक बिज्ञप्ति जारी गर्दै भनेका छन् ‘म र मेरो परिवारलाई यो जानकारी गराउन चाहन्छु कि हाम्रा मार्गदर्शक र हाम्रो शक्ति, मेरा पिता रमेश अग्रवालको १० मार्चमा निधन भएको छ । उहाँले पूर्ण जीवन मलाई र अरू धेरैलाई प्रेरित गर्नुभयो। दुखको यस घडीमा हाम्रो गोपनीयताको ख्याल गरिदिन अनुरोध गर्दछौं।”

रितेश अग्रवालले यही हप्ता दिल्लीमा विवाह गरेका थिए ।रितेश ओयो होटल्सका मालिक  हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर