इजरेलमा किन भइरहेको छ ‘इतिहासकै सबैभन्दा ठूलो’ प्रदर्शन ? — OSNepal

इजरेलमा किन भइरहेको छ ‘इतिहासकै सबैभन्दा ठूलो’ प्रदर्शन ?

LC (KTM) March 13, 2023 0

बीबीसी -हजारौँ इजरेलीहरू त्यहाँ भएको एउटा ठूलो प्रदर्शनमा सहभागी भएका छन्। उक्त प्रदर्शनलाई केहीले इजरेलको इतिहासकै सबैभन्दा ठूलो विरोध भनेका छन्। न्यायिक प्रणालीमा आमूल परिवर्तन गर्ने सरकारी योजनाको विरोधमा विगत १० सातादेखि त्यहाँ प्रदर्शन भइरहेको छ।

हाइफा जस्ता सहरमा प्रदर्शनकारी अहिलेसम्मकै उच्च सङ्ख्यामा घरबाट बाहिर निस्किएर विरोध प्रदर्शनमा सामेल भएका छन्।तेल अभिभमा करिब दुई लाख मानिसहरू सडकमा निस्किएर विरोध प्रदर्शनमा सामेल भएको विश्वास गरिएको छ।

सरकारी सुधारको प्रस्तावका आलोचकले ती परिवर्तनले लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन्।तर बेन्जमिन नेतन्याहुको सरकारले योजनाबद्ध रुपमा अघि सारिएको परिवर्तन मतदाताका लागि अझ राम्रो कुरा भएको दाबी गरेको छ।आयोजकले बताएअनुसार शनिवार देशव्यापी रूपमा करिब पाँच लाख लोकतन्त्र समर्थक प्रदर्शनकारी सडकमा उत्रिएका थिए।

उक्त प्रदर्शनलाई इजरेली अखबार हरेट्जले ूदेशको इतिहासमै सबैभन्दा ठूलो प्रदर्शनू भनेको छ।विपक्षी नेता याएर लपिडले दक्षिणी सहर बेएर शेवामा प्रदर्शनकारीलाई सम्बोधन गर्दै देशले ूइतिहासमा सबैभन्दा ठूलो सङ्कटू सामना गरिरहेको बताए।

उनले भने, ूआतङ्कवादको लहरले हामीलाई प्रहार गरिरहेको छ, हाम्रो अर्थतन्त्र ध्वस्त भएको छ, देशबाट पैसा पलायन भइरहेको छ। इरानले हिजो मात्रै साउदी अरेबियासँग नयाँ सम्झौतामा हस्ताक्षर गरेको छ। तर यो सरकारको ध्यान इजरेली प्रजातन्त्रलाई कुचल्नेमा मात्र छ।ूतेल अभिभका एकजना प्रदर्शनकारी तामिर गुयत्साब्रीले रोयटर्स समाचार संस्थालाई भनेका छन्, ूयो न्यायिक सुधार होइन। यो एउटा क्रान्ति हो( जसले इजरेललाई पूर्ण तानाशाहीतन्त्रमा लान्छ र म मेरा सन्तानका लागि इजरेलमा लोकतन्त्र रहोस् भन्ने चाहन्छु।ूसडकमा उत्रिएका हजारौँ मानिसहरू न्यायिक सुधारको विरोधमा छन्।

प्रस्तावित सुधारमा निर्वाचित सरकारलाई न्यायाधीशहरूको छनोटमा निर्णायक प्रभाव पार्ने अवसर दिइएको छ।त्यस्तै कार्यपालिकाविरुद्ध सर्वोच्च अदालतमा हुनसक्ने फैसलालाई प्रभावित गर्ने प्रावधानहरू त्यसमा राखिएको बताइएको छ।

यो विषयले इजरेली समाजलाई गहिरो रूपमा विभाजित गरिदिएको छ।विशेषगरी इरजलेली ‘रिजर्भिस्ट’हरूले सैन्य सेवा नगर्ने धम्की दिएको देखिएको छ।इजरेलमा सैन्य सेवा दिन तयार अवस्थामा बस्ने आम नागरिकहरूलाई ‘रिजर्भिस्ट’ भन्ने गरिन्छ।सोमवार एउटा अभूतपूर्व घटनाका रूपमा इजरेली वायुसेना स्क्वाड्रनका दर्जनौँ ‘रिजर्भ’ लडाकु पाइलटले प्रशिक्षणका लागि आफूहरू नजाने बताएका थिए।तर पछि उनीहरू उपस्थित हुन र आफ्ना कमाण्डरसँग वार्ता गर्न सहमत भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर