चर्चित गीतकार रोहित घिमिरेको 'तिम्रो अंगालोमा' प्रेमील जोडीको सफल प्रेम कथा — OSNepal

चर्चित गीतकार रोहित घिमिरेको ‘तिम्रो अंगालोमा’ प्रेमील जोडीको सफल प्रेम कथा

LC (KTM) March 13, 2023 0

काठमाडौं । गीतकार रोहित घिमिरेको नयाँ गीत तिम्रो अंगालोमाको भिडिओ रिलिज गरिएको छ । रोजगारीको सिलसिलामा हाल फ्रान्समा रहेका घिमिरे लामो समयदेखि गीत लेखनमा सक्रिय छन् । सार्वजनिक गीत तथा भीडिओमा एक प्रेमील जोडीको सफल प्रेम कथालाई शब्दमा बुनिएको छ ।

यसअघि सान्बाबु, सँगै जिउने मर्ने कसम, तिमी पनि, मेरो फोटो, लगायतका ३ दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेका गीतकार घिमिरेको सार्वजनिक गीतमा रवि शर्मा र अस्मिता अधिकारीको आवाजले सजिएको छ ।

तिम्रो अंगालोमा लोकप्रिय संगीतकार सि एल शर्माले संगीत दिएका छन् । पुष्कर खत्रीको एरेन्ज रहेको यस गितलाई बुढा थापाले छायाँकन गरेका छन् । केशबराज भट्टको निर्देशन रहेको भिडिओमा दिपा शाही र निकेश फग्मी मगरको अभिनय रहेको छ । यस गीतले माया प्रेमका कुरालाई शसक्त रुपमा प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर