वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अरुणाको आत्मवृत्तान्त श्वेत लिलीको लोकार्पण — OSNepal

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अरुणाको आत्मवृत्तान्त श्वेत लिलीको लोकार्पण

LC (KTM) March 13, 2023 0

क्यान्सरलाई जितेकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा अरुणा कार्कीको आत्मवृत्तान्त समेटिएको ‘श्वेत लिली’को राजधानीमा बिमोचन भएको छ । डा कार्कीले पुस्तकमा रेडियो थेरापीका बाछिटा, क्यान्सरको चपेटा, आफैं डाक्टर आफैं बिमारी लगायत महत्वपुर्ण १० वटा शीर्षकमा आफ्नो अनुभव समेटेकी छन् ।

डा कार्कीले पुस्तकमा बिरामीलाई फुलको रुपमा चित्रित गर्दै जति गोड्न सक्यो उति राम्रो हुने सन्देश दिन खोजेकि छन् । अरुणाले उपचारका क्रममा छोरीबाट उपहारका रूपमा पाएको लिली फूलको महत्वलाई मनछुने गरि पुस्तकमा पस्केकी छन् ।कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, डा शशि आचार्य, साहित्यकार सुलोचना मानन्धर, भरत प्रधान र सुम्निमा तुलाधरले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए ।

जीवन भोगाईका क्रममा विभिन्न रोगको पीडा भएपनि सकारात्मक सोच र समयमै उपचार पाए रोगलाई जितिने विषयवस्तु पुस्तकमा उल्लेख भएको छ । पुस्तक लोकार्पण कार्यक्रममा डा कार्कीकी जेठी छोरी रंगकर्मी आकांक्षा कार्कीले कविता वाचन गरेकी थिइन् । जुन कवितालाई धेरैले रुचाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर