कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन कम्पोष्ट विन वितरण — OSNepal

कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन कम्पोष्ट विन वितरण

LC (KTM) March 14, 2023 0

रुपन्देही-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन कम्पोष्ट विन वितरण थालिएको छ । नगरपालिकाले पहिलो चरणमा आजदेखि आनन्दवन–शङ्करनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थासँगको सहकार्यमा कम्पोष्ट विन वितरण सुरु गरेको हो ।

कम्पोष्ट विनमा नगरपालिका र खानेपानी संस्थासँगै उपभोक्ताको पनि लागत साझेदारी रहेको छ । पहिलो चरणमा खानेपानी संस्थाले एक हजार थान कम्पोष्ट विन वितरण गर्ने जनाएको छ । उपभोक्ताको मागका आधारमा थप कम्पोष्ट विन वितरण गरिने संस्थाले जनाएको छ ।

कम्पोष्ट विन वितरण कार्यको शुभारम्भ गर्दै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले कम्पोष्ट विनको व्यवस्थित प्रयोगले फोहरलाई मोहरमा परिणत गर्ने उल्लेख गर्नुभयो । उहाँले वातावरणमैत्री नगर निर्माणमा कम्पोष्ट विन वितरणले टेवा पु¥याउने बताउँदै प्रभावकारिताका आधारमा यसलाई विस्तार गरिने बताउनुभयो ।त्यसअवसरमा संस्थाका अध्यक्ष केशवराज न्यौपानेले कम्पोष्ट विनले उपभोक्तालाई कौसीखेतीमा समेत प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर