कोरोना पुष्टि भएपनि कुनै लक्षण नभएका एकै परिवारका अनौठो तरिकाले मृत्यु, सबै चकित ! — OSNepal

कोरोना पुष्टि भएपनि कुनै लक्षण नभएका एकै परिवारका अनौठो तरिकाले मृत्यु, सबै चकित !

LC (KTM) May 14, 2021 0

काठमाडौ । दाङको गढवा गाउँपालिका वडा नं। ४ मा एकै परिवारका अनौठो तरिकाले तीन जनाको मृ त्यु भएको छ । कोरोना पुष्टि भएपनि कुनै लक्षण नभएकाहरुको एकाकएक मृ त्यु भएको हो । उपचारमा संलग्न स्वास्थ्यकर्मी रगढवा ४ का वडाध्यक्ष गुलाम मोहमद जागा मुसलमानले उनीहरुको मृ त्यु डरका कारण भएको अनुमान लगाएका छन् ।

एकै परिवारका सदस्यहरु ५३ वर्षीय अब्दुल कलाम उनका कान्छा भाइ, ४१ वर्षीय मोहमद उमर र उनका छोरा २८ वर्षीय मोहमद रज्जाक रहेको वडाध्यक्ष मुसलमानले जनाएका छन् । सुरुमा अब्लुलाई वैशाख ९ गते अलिअलि रिंगटा लागेजस्तो भएपछि उनी स्थानीय पत्थरगढवास्थित एक क्लिनिकमा सामान्य उपचार हुँदै राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान पुगेका थिए ।

उनका छोरा २८ वर्षिय मोहमद रज्जाक पनि बुवासंगै गएका थिए । बुवा अब्दुलको अवस्था सामान्य थियो तर पिसीआर रिपोर्ट पोजेटिभ आयो । रिपोर्ट पोजेटिभ आएको पाँच मिनेटमै उनको मृ त्यु भयो । उनको अन्तिम संस्कारमा सहभागी भएका भाई कान्छा भाइ ४१ वर्षीय मोहमद उमरलाई पनि ज्वरो आउन थालेपछि उनी पनि डराए । उनलाई पनि कुनै ग म्भिर लक्षण भने थिएन ।

लमही आइसोलेनमा बसे, पिसिआर टेस्ट गराए। अर्कोदिन रिपोर्ट पोजेटिभ आयो। तर उनी पनि यति डराएकी अस्पतालको वेडमै बसेर ब्यवहारको हिसाव गर्न थाले । यस्तो अवस्था देखेर उनलाई कुर्न बसेका २८ वर्षे छोरा मोहमद रज्जाक एकाएक रून थाले। बुवाले अब बाँच्दीन भन्दै हिसाव गर्न थालेको देखेपछि २८ वर्षका छोरा रज्जाक अचानक बेहोस जस्तै बने ।

छोराको अवस्था देखेर बुवा झन कमजोर भए । रातारात उमरलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको भए पनि उनको मृत्यु भयो । बुवाको मृत्युको खवरले छोरा रज्जाक थप सिथिल बने। उनलाई पनि कोरोना बिशेष अस्पताल बेलझुण्डीमा लगियो। उनलाई पनि कुनै लक्षण वा चिन्ह थिएन। तर, एकाएक उनको अक्सिजनको लेबल घट्दै गयो र अन्तिम श्वास फेरे ।

कमजोर मनस्थितिका कारण आफुलाई सम्हाल्न नसक्दा रज्जाकको मृ त्यु भएको दाबी वडाध्यक्ष मुसलमानले पनि गरेका छन् । एकै घरका तीन जनाको मृत्युको कारण जे भए पनि रिपोर्ट आएको केही बेरमै लगालग मृ त्यु हुनुको पछाडि ‘डर’ कारक भएको वडाध्यक्षले दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर