विपक्षी दलका सांसदहरुबाट आज पनि प्रदेश २ सभाको बैठक अवरुद्ध — OSNepal

विपक्षी दलका सांसदहरुबाट आज पनि प्रदेश २ सभाको बैठक अवरुद्ध

LC (KTM) July 11, 2021 0

जनकपुरधाम २७ असार । आज बसेको प्रदेश २ सभाको बैठक तेस्रो पटक स्थगित भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विपक्षी दलका सांसदले बजेटका शिर्षकहरु माथि आपत्ती जनाउँदै बैठक अवरुद्ध गरेका हुन् ।

यस अघि पनि असार १५ र २३ गतेका लागि बोलाइएको बैठक पनि स्थगित भएकोअ थियो । पहिलो बैठकमा सांसद विकास कोषको बजेटमा असन्तुष्टि जनाउँदै अवरुद्ध गरिएको बैठक आज भने बजेटका अन्य शिर्षकमा समेत आपत्ती जनाउँदै विपक्षी दलहरुका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।

विपक्षी दलका अनुसार आफ्नो क्षेत्रमा मनोमानी रुपमा भ्रष्टाचार गर्न मिल्ने क्षेत्रमा मात्र बजेट विनियोजन गरेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर