सेती नदीमा हाम फाल्न लागेका एक पुरुषलाई यसरी बचायो प्रहरीले — OSNepal

सेती नदीमा हाम फाल्न लागेका एक पुरुषलाई यसरी बचायो प्रहरीले

LC (KTM) March 17, 2023 0

डोटी : डोटीका एक पुरुषलाई प्रहरीले बचाएको छ। सेती नदीमा हाम फाल्न लागेका पुरुषलाई प्रहरीले बचाएको हो। डेल्धुराको गन्यापधुरा गाउँपालिकाका ४६ वर्षीय ती पुरुषलाई प्रहरीले उद्धार गरेको हो ।

मोटरसाइकल सडकमा छोडेर नदीको किनारतिर लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सालमुनी मन्दिर नजिकबाट नदीमा हाम फाल्न खोजेका उनलाई प्रहरी नायव निरीक्षक रूपसिंह थापाको नेतृत्वमा खटिएको टोलीले ती पुरुषलाई उद्धार गरेको हो।

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर अहिले आफन्तको जिम्मा लगाइएको छ।बाँच्ने पुरुषको भने नाम उल्लेख गरिएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर