साउथका चर्चित अभिनेता पुनीत राजकुमारको आज ४९ औ जन्म जयन्ती — OSNepal

साउथका चर्चित अभिनेता पुनीत राजकुमारको आज ४९ औ जन्म जयन्ती

LC (KTM) March 17, 2023 0

साउथका चर्चित अभिनेता पुनीत राजकुमार आज यो संसारमा छैनन्, उनी अहिले जिवीतै भएको भए आफ्नो ४९ औं जन्मदिन मनाउने थिए । पक्कै पनि यो स्टार सेट भइसकेका छन् तर उनको फिल्म र हँसिलो अनुहारलाई फ्यानले अझै बिर्सेका छैनन् । पुनीतले बाल कलाकारको रूपमा आफ्नो करियर सुरु गरे र मुख्य अभिनेताको रूपमा, उनले धेरै फिल्महरूमा आफ्नो अभिनयले फ्यानहरूको मनमा ठाउँ बनाए।

आज उनको जन्मजयन्तीमा हामी तपाईलाई बताउछौं कि पुनीतले वास्तविक जीवनमा पनि वीरतापूर्ण काम गरेका छन् । पुनीत राजकुमारको सन् २०२१ मा हृदयघातका कारण निधन भएको थियो । पुनीतको बिदाइले सिंगो सिनेमा जगत स्तब्ध भएको थियो । पुनीत एक राम्रो अभिनेता मात्र होइन, एक राम्रो गायक पनि थिए। पुनीतले सन् २००२ मा फिल्म ‘अपु’ बाट अभिनेताको रुपमा आफ्नो करियर सुरु गरेका थिए ।

यस फिल्ममा पुनीतले पहिलो पटक गीत पनि गाएका थिए जसलाई दर्शकले रुचाएका थिए । दिवंगत अभिनेता पुनीतलाई बाल्यकालदेखि नै अभिनयको रुची थियो । उनले बाल कलाकारको रुपमा पनि धेरै चलचित्रमा काम गरे । आफ्नो अभिनयको आधारमा पुनीतले सन् १९८५ मा उत्कृष्ट बाल कलाकारको राष्ट्रिय चलचित्र पुरस्कार पनि जितेका थिए । ३० भन्दा बढी कन्नड फिल्ममा काम गरिसकेका पुनीतका धेरै फिल्मले कीर्तिमान तोडेका छन् । अभिनेताका फ्यानहरुले उनलाई अप्पु भनेर बोलाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर