भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल — OSNepal

भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

LC (KTM) March 18, 2023 0

मेषः– परिस्थितिलाई वुझेर मात्र काममा हात हाल्नु होला । कार्य क्षमतामा वृद्धि हुनेछ । व्यापार व्यवसायमा प्रगतिका सम्भावना देखिने छन् । गीत संगितमा अभिरुची बढ्नेछ । मान्य जनको प्रेरणा,सहयोग सहानुभूति मिल्नेछ । मनलाई नियन्त्रण गरि अगाडि बढ्नु होला । सक्रियताबाट मात्र गन्तव्यमा पुगिनेछ ।

वृषः– काममा सहजीकरण गरि दिने कोहि हुने छैन । उपलब्धि विहिन काममा समय बढि खर्च हुनेछ । परोपकारले पेट भरिने छैन । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । आत्म विश्वासको कमि देखिन्छ । यात्राको सम्भावना देखिन्छ । आफन्तले पराईको व्यवहार गर्ने छन् । तर मध्यान्हबाट कामले गति लिनेछ ।

मिथुनः– उपलब्धिको संरक्षण गर्न सकिने छैन । आफन्त सँगको विश्वास र भरोसा टुट्नेछ । लगनाी अनुसारको व्यापार व्यवसायबाट उपलब्धि हात लाग्ने छैन । अन्तिम चरणमा पुगेका काम पनि रोकिने छन् । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । लेनदेन कारोवार विग्रिन सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

कर्कटः– समय र धनको सदुपयोग गरेर अगाडि बढ्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । अध्यात्मिक भन्दा भौतिक सम्पतिको लालसा बढ्नेछ । मनमा सुख,शान्ति थोरै मिल्नेछ । गीत,संगित तथा कला सहित्यमा अभिरुची बढ्नेछ । मध्यान्हबाट काममा अवरोध आउनेछ ।

सिंहः– समय सुधारोन्मुख छ । तिव्र इच्छा शक्तिको खाचो देखिन्छ । लगनशिलता भङ्ग गरेर काम नगर्नु होला । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । मिलेर काम गर्दा विवाद बढि हुनेछ । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । धार्मिक आस्था र विश्वास बढ्नेछ । कुरा भन्दा काममा जोड दिनुहोला ।

कन्याः–अस्थिरताले अनिष्ट निम्त्याउने हुदा मनलाई नियन्त्रण गरि कर्म क्षेत्रमा जानु होला । कहि,कतै र कोहिबाट इज्जत प्रतिष्ठामा आच आउने काम हुनसक्छ । राजनीति औजार प्रयोग गरेर दुःख दिन खोज्नेहरु आफै त्यो पासोमा पर्ने छन् । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । काम गर्र्न स्वास्थ्यले साथ कम दिनेछ ।

तुलाः– अनुकुल वातावरणमा काम गर्न पाईने छैन । प्रतिकुल परिस्थितिको सामना गनुृ पर्नेछ । आफ्नै कारण काममा ढिला सुस्ति हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । विपरित लिङ्गिबाट सहयोग मिल्नेछ । घरका समस्या समाधान गर्न गाह्रो गाह्रो हुनेछ । विचारको खडेरी पर्नेछ ।

वृश्चिकः– अरुलाई पनि विश्वासमा लिएर काम गर्दा आफैलाई फाइदा हुनेछ । काम गर्दा साथी भाईको सहयोग मिल्नेछ । संघर्षबाट सफलताको शिखर चढिनेछ । परिश्रमको अन्तिम परिणाम सुखद रहनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । शैक्षिक गतिविध अगाडि बढ्ने छन् ।

धनुः– दयाको भिख नमाग्नु होला उल्टो अपहेलित हुनु पर्नेछ । समस्याबाट टाढा नभागि अगाडि बढ्नु भयो भने मात्र मिशनमा पुग्न सक्नु हुनेछ । आर्थिक प्रलोभनमा परेर वाह्य व्यक्तिसँग कुनै आर्थिक कारोवार नगर्नु होला । स्पष्ट वोल्दा आफैलाई नोक्सना हुनेछ । व्यापार व्यवसायमा सामान्य उतार चढाव आउनेछ ।

मकरः– उपलब्धि हासिल गर्न काममा स्थायीत्व दिनुपर्ने देखिन्छ । जीवन साथीको सहयोग लिएर काम गर्दा थोरै फाइदा हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । धन लगानीमा धेरै जोड नदिनु होला । इच्छा र आकाँक्षा केहि पुरा हुनेछन् । मिलेर काम नगर्नु होला । भोज भतेरमा सहभागिताको लागि निमन्त्रणा आउनेछ ।

कुम्भः– असहज स्थितिको सृजना हुनेछ । काम गर्ने बातावरण खलबलिनेछ । खोक्रो आश्वासन पाईनेछ । चोटपटकको भय देखिन्छ । काम गर्दा सुरक्षित विधि अप्नाउनु होला । आशा र भरोसा टुट्नेछ । अराजनैतिका व्यक्ति भेटिने छन् । आर्थिक कारोवारमा ध्यान दिनुहोला । मध्यान्हबाट समयमा सुधार आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

मिनः– समयको महत्व वुझेर काम गर्नु होला उपलब्धि राम्रै हात लाग्नेछ । प्रयास र प्रयत्नबाट धेरै काम बन्ने छन् । अरुको भरमा मात्रै काम नगर्नु होला । अध्ययन कार्यमा भन्दा आर्थिक कार्यमा बढि दखल हुनेछ । कामको विचमा विचार परिवर्तन नगर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । मध्यान्हबाट समय प्रतिकुल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर