जन्मदर बढाउने उपाय खोज्दै चीन — OSNepal

जन्मदर बढाउने उपाय खोज्दै चीन

LC (KTM) March 18, 2023 0

हङकङ । चीनको जनसंख्यामा निरन्तर ह्रास आएपछि राजनीतिक सल्लाहकारले जन्मदर बढाउन २० सुझाव दिएका छन् । तर विज्ञले जनसंख्यामा आएको ह्रासको गतिलाई रोक्नु नै तत्कालका लागि उत्तम उपाय रहेको बताएका छन् ।

लालनपालन तथा शिक्षामा लाग्ने महँगो खर्च, न्यून आय, कमजोर सामाजिक सुरक्षा तथा लैंगिक असमानताका कारण एकभन्दा बढी सन्तान जन्माउन आफूहरू इच्छुक नरहेको चिनियाँ युवा बताउँछन् ।

हालै सम्पन्न चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फेरेन्स (सिपिपिसिसी) मा दोस्रो र तेस्रोका लागि भन्दा पहिलो बच्चाको लालनपालनलाई सहुलियत दिनुपर्ने, सार्वजनिक शिक्षा निःशुल्क हुनुपर्ने तथा निःसन्तानहरूको उपचारमा सहयोग पुर्‍याउनुपर्नेलगायत सुझाव प्रस्तुत गरिएको थियो ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

सन् १९८० देखि सन् २०१५ सम्म अवलम्बन गरिएको एक बच्चा नीतिका कारण चीनमा ठुलो जनसांख्यिक समस्या देखिएको छ । सन् २०२१ पछि भने चीनले यो व्यवस्थालाई परिमार्जन गरेर तीन बच्चासम्म जन्माउन सक्ने छुट दिएको छ। तर कोभिड १९ महामारीका बेला घरमै बसेका जोडीहरूसमेत बच्चा जन्माउन अनिच्छुक देखिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर