यो हो संसारकै सबैभन्दा ठूलो भ्यागुतो, जसको तौल करिब ३ केजी छ — OSNepal

यो हो संसारकै सबैभन्दा ठूलो भ्यागुतो, जसको तौल करिब ३ केजी छ

LC (KTM) March 19, 2023 0

काठमाडौँ । संसारकै सबैभन्दा ठूलो भ्यागुताको तौल कति होला ?

अस्ट्रेलियाको क्विन्सल्यान्ड (उत्तरी वर्षावन क्षेत्र)मा २ किलो ७०० ग्रामको विशाल भ्यागुतो फेला परेसँगै उक्त भ्यागुतालाई देख्नेहरु सबै चकित परेका छन् ।

२ किलो ७०० ग्रामको विशाल भ्यागुतोलाई कन्टेनरमा राखेर क्विन्सल्यान्डस्थित सङ्ग्रहालयलाई दिइएको छ ।

अस्ट्रेलियामा सन् १९३५ देखि पत्ता लागेका यस किसिमका भ्यागुताहरूको संख्या २ अर्ब जति रहेको अनुमान गरिए पनि पछिल्लो पटक फेला परेको यो विशाल भ्यागुतो सामान्य आकारभन्दा ६ गुणा ठूलो रहेको अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनसँग कुरा गर्दै रेन्जर केली ग्रेले बताइन् । जुन झट्ट हेर्दा खुट्टा भएको फुटबलजस्तै देखिने उनी बताउँछिन् ।

जसको नाम टोडजिल्ला राखिएको छ । अन्य भ्यागुताहरुको तुलनामा यो ठूलो जातको भ्यागुताको आयू १५ वर्ष भन्दा पनि बढी भएको उनले बताइन् ।

जसको आकार र तौलमा विश्व रेकर्ड तोड्ने अनुमान गरिएको छ। हाल विश्वको सबैभन्दा ठूलो भ्यागुतोको विश्व रेकर्ड सन् १९९१ मा स्विडेनको प्रिन्सेन नामको भ्यागुतोको नाममा छ। जो अहिले पनि चर्चामा नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर