यो हो संसारकै सबैभन्दा बढी उमेरसम्म बाँचेको दुम्सी, जसको मृत्यु दुखद तरिकाले हुन पुग्यो — OSNepal

यो हो संसारकै सबैभन्दा बढी उमेरसम्म बाँचेको दुम्सी, जसको मृत्यु दुखद तरिकाले हुन पुग्यो

LC (KTM) March 19, 2023 0

काठमाडौँ । एउटा दुम्सीको आयू कति वर्षको हुन्छ ? दुईदेखि पाँच वर्षसम्म मात्रु आयू हुने गरेता पनि अहिले एउटा भाले दुम्सी १६ वर्षदेखि जिवितै रहेको तथ्य फेला परेको छ । खबर हो डेनमार्कको ।

यो १६ वर्षको युरोपियन भाले दुम्सीको नाम हो थर्भाल्ड । डेनमार्कको सिल्कबोग शहरमा फेला परेको हो ।

सामान्यतया ५ वर्षसम्म मात्रै बाँच्ने यो जीवले अनुकूल मौसम पाए १६ वर्षसम्म पनि बाँच्दा रैछन्, यो साँच्चिकै रमाइलो क्षण हो। यतिका वर्षसम्म बाँचेको दुम्सी देखेर आँफु निकै भावुक भएको अक्सफोर्ड विश्वविद्यालयको वन्यजन्तु संरक्षण अनुसन्धान युनिटकी डा। सोफी लन्ड रासमुसेन बताउँछिन् ।

जसको मृत्यु १६ वर्षको उमेरमा कुकुराको आक्रमणमा परेर भएको पनि अनुसन्धानबाट खुलेको छ । विश्वविद्यालयका ४०० जना अनुसन्धानकर्ताहरूले जम्मा पारेका ७०० वटा मृत दुम्सीमध्ये थर्भाल्ड पनि एक हो।

यसअघि सन् २०१४ मा ९ वर्षको एउटा पोथी दुम्सी फेला परेको थियो। त्यसअघि पनि एउटा १३ र अर्को ११ वर्षसम्म बाँचेका दुम्सीसमेत पत्ता लागेको द गार्डियनले जनाएको छ । तस्विर द गार्डियन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर