सर्प र छेपारोसँग खेल्न पाइने यो हो दुनियाकै अनौठो क्याफे — OSNepal

सर्प र छेपारोसँग खेल्न पाइने यो हो दुनियाकै अनौठो क्याफे

LC (KTM) March 19, 2023 0

काठमाडौँ । क्याफे भित्र बसेर सर्प र छेपारोसँग खेल्न पाइने कुरा कति सम्भव छ ? मलेसियाको राजधानी क्वालालम्पुर नजिकै एउटा यस्तो क्याफे छ, जहाँ सर्प र छेपारोसँग खेल्दै खानाको मज्जा लिन पाइने भएसँगै उक्त क्याफेमा अहिले मानिसहरुको घुइचो लाग्ने गरेको छ ।

क्याफेभित्र ठूला सिसाका भाडामा राखिएका यी जीव हेर्दै खानाको मज्जा लिन सकिने क्याफेका संचालनक याप मिङ याङ बताउँछन् ।

घस्रने जीवजन्तु मन पराउने उनले आफ्नो क्याफेमा यस्तो सुविधा राखेको प्रतिक्रिया दिएका छन् ।

सामान्यता डरलाग्दा र घृणा लाग्ने जनावरका रूपमा चिनिने यी जीवबारे जागरण ल्याउने उद्देश्यले क्याफे सञ्चालनमा ल्याइएका क्याफेका संचालनक याप मिङ मलेसियाको घस्रने जीव अध्ययन समुदायका सदस्य पनि हुन्। उनले वातावरण विज्ञानको डिग्री लिएका छन् । क्याफेभित्र ठूला सिसाका भाडामा राखिएका यी जीव हेर्दै खानाको मज्जा लिन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर