उडिरहेको जहाज भित्र रमाइलो गर्दै कफी र मिठाइ खाने पाइलटको जागिर चट ! — OSNepal

उडिरहेको जहाज भित्र रमाइलो गर्दै कफी र मिठाइ खाने पाइलटको जागिर चट !

LC (KTM) March 19, 2023 0

काठमाडौँ । जहाजको ककपिटभित्र कफी र मिठाइ खाएको आरोपमा दुई जना पाइलट निलम्बनमा परेका छन्। खबर हो भारतको ।

विमान उडानका क्रममा ककपिटभित्र कफी र मिठाइ खाएको भेटिएपछि भारतीय विमान कम्पनी स्पाइस जेटका दुई जना पाइटल निलम्बनमा परेका छन्।

ती पाइलटले कफी र मिठाइ खाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेसँगै उनीहरुलाई निलम्बन गरिएको हो । गुवाहटीका लागि उडेको विमानमा पाइलटले यात्राकै क्रममा कफी पिएको अनुसन्धानबाट खुलेको छ ।

विमान ३७ हजार फिटको उचाइमा उडिरहेका बेला उनीहरुले कैयौँ यात्रुको जीवनको पर्वाह नगरी ककपिटमा कफी र मिठाइ खाए र तस्विर समेत खिच्न लगाएका थिए ।

पाइलटको यस्तो हर्कतले भारतीय एयरलाइन्सको नियमनप्रति प्रश्न उठाएको भन्दै सामाजिक सञ्जालमा आक्रोश चुलिएको थियो। पाइलटको हेलचेक्र्याइँले यात्रुको ज्यान जोखिममा पारेको भन्दै चर्को आलोचनाका बिच पाइलटलाई निलम्बन गरिएको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर