तुलसीपुरमा बजार अनुगमन तीव्र, अनिवार्य मूल्यसूची राख्न आग्रह — OSNepal

तुलसीपुरमा बजार अनुगमन तीव्र, अनिवार्य मूल्यसूची राख्न आग्रह

LC (KTM) March 21, 2023 0

तुलसीपुर-दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले तुलसीपुरका धेरै पसल अनुगमन ग¥यौँ । अधिकांश पसलमा मूल्यसूची नै राखेको पाइएन ।”

मूल्यसूची नराखेका पसललाई मूल्यसूची राख्न लगाउने गरेको उहाँले बताउनुभयो । उपभोक्ताले मूल्यसूचीका बारेमा जानकारी पाउनुपर्ने जनाउँदै यसलाई अनिवार्य बनाउन लागिएको उहाँको भनाइ छ ।

त्यस्तै अनुगमनका क्रममा म्याद गुज्रेका सागम्री पनि भेटिने गरेको उहाँले बताउनुभयो । म्याद गुज्रेका सामग्रीले मानवको स्वास्थ्यमा धेरै असर गर्ने जनाउँदै यस कुरामा पसल सञ्चालकले ध्यान दिनुपर्छ भन्नुभयो ।

अनुगमनका क्रममा केही पसल दर्ता नभई सञ्चालन गरिएको पाइएका र त्यस्ता पसललाई दर्ताका लागि सम्बन्धित निकायमा पठाउने गरिएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय तुलसीपुरमा बजार अनुगमनलाई तीव्र पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर