नायिका आँचल शर्माको उमेरमा दुबिधा , त्यहि पनि मनाईन् आज आफ्नो २५ औ जन्म दिन — OSNepal

नायिका आँचल शर्माको उमेरमा दुबिधा , त्यहि पनि मनाईन् आज आफ्नो २५ औ जन्म दिन

LC (KTM) March 21, 2023 0

ब्यस्त नायिका आँचल शर्माले आज आफ्नो २५ औ जन्म दिन मनाएकी छन् । उनले २५ औ जन्म दिन मनाईरहदा उनको उमेरको भने चर्चा झनै चुलिएको छ । उनको खास उमेर कति हो भन्ने कुरामा उनि स्यंम दुबिधामा रहेको देखिन्छ ।

आँचलले वि सं २०७५ साल चैत्र ५ गते ‘दाल भात तरकारी’को टिमसँग २२ औं जन्मदिन मनाएकी थिइन् । सोही तथ्यलाई हेर्ने हो भने पनि उनले आज २५ औं नभएर २६ औं जन्मदिन मनाउनुपर्ने हो । उता विकिपिडियाको जन्मलाई आधार मान्ने हो भने आँचल आज आफ्नो २८ औ जन्म दिन मनाई रहेको हुनुपर्ने देखिएको छ ।

खैर,उमेर लुकाउने, आफुलाई सधै कम उमेरको देखाउने नेपाली नायिकाहरुको आदत जस्तै नै देखिएको छ । तर जे भए पनि आँचलले आफ्नो २५ औ जन्मदिन मनाउँदै गर्दा काटेको केकमा २५ बर्ष लेखिएको थियो ।

आँचलले नै सेलिब्रेशन गरेको बर्थ डे केकका अनुसार, उनी आजबाट २६ बर्षमा लागेकी छिन् । ‘नाई नभन्नु ल ४’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी आँचल आजका दिनमा व्यस्त नायिकामा पर्छिन् । उनी अभिनित फिल्म ‘नाई नभन्नु ल ६’ बैशाखको १ गतेबाट रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर