जुनियर एनटीआरले जंगिदै भने 'बारम्बार यस्तै प्रश्न सोधिरहनु भयो भने म फिल्म नै गर्न छोडिदिन्छु' — OSNepal

जुनियर एनटीआरले जंगिदै भने ‘बारम्बार यस्तै प्रश्न सोधिरहनु भयो भने म फिल्म नै गर्न छोडिदिन्छु’

LC (KTM) March 21, 2023 0

फिल्म ‘आरआरआर’ ले इतिहास रचेको छ । यस फिल्मको नाटु नातु गीतले ओस्कार अवार्ड जितेको छ । यस फिल्मको कलाकारको पनि विश्वभर तारिफ भइरहेको छ । ओस्कार अवार्ड जितेर स्वदेश फर्किएपछि फ्यानहरुले उनलाई न्यानो स्वागत गरेका छन् ।

यसैबीच, अभिनेता जुनियर एनटीआरले हालै एउटा चकित पार्ने खुलासा गरेका छन्। जुन अहिले निक्कै चर्चामा रहेको छ । जुनियर एनटीआर प्रायः समाचारमा रहन्छ। उनका फ्यानहरु उनको अर्को फिल्मको प्रतिक्षामा छन् । तर उनले गरेको चकित पार्ने खुलासाले उनका फ्यानहरूलाई निराश तुल्याएको छ ।

जुनियर एनटीआर तेलुगु फिल्म उद्योगका एक प्रख्यात अभिनेता हुन्। उनले अहिलेसम्म धेरै सुपरहिट फिल्म दिएका छन् । वास्तवमा एनटीआर हालै एक कार्यक्रममा सहभागी हुन हैदराबाद पुगेका थिए । त्यहाँ उनका फ्यानहरुले उनलाई फिल्मको बारेमा बारम्बार प्रश्न गरिरहेका थिए ।

एक फ्यानले उनलाई आफ्नो आगामी प्रोजेक्ट र कुन फिल्म साइन गरिसकेको भनेर प्रश्न सोधेका थिए । तर फ्यानले उनलाई लगातार यो प्रश्न सोध्दा उनी हैरान भए । यो प्रश्नमा जुनियर एनटीआरले भने, ‘मैले कुनै फिल्म गरिरहेको छैन र बारम्बार सोध्नुभयो भने म फिल्म गर्न छोडिदिन्छु । उनले अहिलेसम्म कुनै पनि चलचित्र साइन नगरेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर