अनमोल केसीलाई चारैतिरबाट सान्त्वना आउन थालेपछि.... — OSNepal

अनमोल केसीलाई चारैतिरबाट सान्त्वना आउन थालेपछि….

LC (KTM) March 21, 2023 0

काठमाडौँ । मेघास्टारको उपमा पाएका अभिनेता अनमोल केसी आफ्नो करियरकै फ्ल्प फिल्म ञछड्के २ का कारण तनावमा छन् ।
९ वटा फिल्म खेल्दा छड्के २ का कारण नराम्रो झड्का बेहोरेका अनमोलले चारैतिरबाट सहानुभूति बटुलीरहेका बेला अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री, निर्माता निर्देशक दीपाश्री निरौलाले पनि अनमोललाई सान्त्वना दिएका छन् । अभिनेता गिरी र अभिनेत्री निरौलाले सामाजिक संजालमा स्टाटस लेख्दै अनमोललाई फ्लप अभिनेता नभनिदिन समेत आग्रह गरेका छन् ।

फागुन १९ बाट प्रदर्शनमा आएको दीपक दीपाको छक्का पञ्जा ४सँग जुधेको अनमोलको छड्केले ५ दिन पनि जसो तसो चले पनि फिल्मले बडा कष्टका साथ जम्मा ३० लाखको ब्यापार गरेको निर्माता र वितरकले नै बताउँदै आइरहेका छन् ।

अनमोलले भिडन्त गर्न खोजेको छक्का पञ्जा ४ ले शानदार व्यापार गर्दै १५ करोड माथिको आम्दानी गरिसकेको बताइन्छ । आफ्नो फिल्मले धमाकेदार व्यापार गरिरहँदा आँफुसँगै प्रतिस्पर्धामा उत्रिएको अनमोलको छड्के फ्ल्प भए पनि अनमोल फ्ल्प नभएको दीपक दीपाको निष्कर्ष छ ।

अनमोलको विषयलाई लिएर दीपकराज गिरीले घोडा चढ्ने मान्छे लड्ने भन्दै अनमोललाई सान्त्वना दिँदा दिपाश्री निरौलाले अनमोललाई ‘फ्लप’ शब्द खर्च नगर्न समेत सबैमा अनुरोध गरेकी छिन् । उनी भन्छिन् एउटा कलाकारले मात्र फिल्मलाई उचाईम पुर्याउन सक्दैन । त्यस्तै दीपक भन्छन् कलाकारले फिल्म हिट बनाउने होइन । पूरा टिमले हो । सायद टिम राम्रो परेन होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर