भारत सरकारले गर्‍यो लिबियामा फसेका आफ्ना नागरिकको उद्धार — OSNepal

भारत सरकारले गर्‍यो लिबियामा फसेका आफ्ना नागरिकको उद्धार

Bibek Karki March 21, 2023 0

नयाँ दिल्ली । भारत सरकारले लिबियामा फसेका आफ्ना सबै नागरिकको उद्धार गरेको छ। राष्ट्रिय अल्पसंख्यक आयोग (एनसीएम) का अध्यक्ष इकबाल सिंह लालपुराले आइतबार लिबियामा फसेका भारतीयहरूलाई एनसीएमले विदेश मन्त्रालय र ट्युनिसियास्थित भारतीय दूतावासको सहयोगमा उद्धार गरिएको बताएका छन्।

आइतबार पत्रकार सम्मेलन गर्दै इकबाल सिंह लालपुराले सबैको उद्धार गरिएको जानकारी दिएका हुन्। उनले एनएमसीले अल्पसंख्यकहरूमाथि कुनै पनि अत्याचार नहोस् भनेर निरन्तर काम गरिरहेको बताए। राष्ट्रिय अल्पसंख्यक आयोगले भारत बाहिर बस्ने अल्पसंख्यकहरूलाई कुनै समस्या नपरोस् भनेर विदेशमन्त्रीसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी गराएका छन्।

पत्रकार सम्मेलनमा उनले फेब्रुअरीमा केही व्यक्तिलाई भारतबाट दुबई र त्यसपछि गैरकानूनी माध्यमबाट लिबिया लगिएको घटना सार्वजनिक भएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर