तेन्जिङ नोर्गे शेर्पाका नाति नोर्गे ट्रेइनर हलिउड फिल्ममा व्यस्त — OSNepal

तेन्जिङ नोर्गे शेर्पाका नाति नोर्गे ट्रेइनर हलिउड फिल्ममा व्यस्त

LC (KTM) March 21, 2023 0

काठमाडौं – तेञ्जिङ नोर्गे शेर्पा का नाती हलिउड फिल्मसँग जोडिएका छन् । २१ वर्ष लागेका शेर्पाका नाति तेन्जिङ नोर्गे ट्रेइनरले ‘एबोमाइनेबल एण्ड द इनभिजिबल सिटी’मा आवाज दिएका हुन् । फिल्मको   हलिउड स्टुडियो ड्रिमवक्र्सले सिरिजको आकर्षक ट्रेलर सार्वजनिक गरेको छ ।

सन् २०१९ मा रिलिज भएको सगरमाथामा यति खोज्ने कथावस्तुमा आधारित ‘एबोमाइनेबल’मा पनि नोर्गेले अभिनय गरेका छन् । डिज्नी स्टुडियोको लोकप्रिय सिरिज ‘लिभ एण्ड म्याडी’मा पनि उनले १० वर्षको उमेरमा अभिनय गरेका थिए ।

गत जुलाइमा उनले नेटफ्लिक्सको चर्चित सिरिज ‘बू एण्ड बीच’मा अभिनय गरेका ट्रेइनरले क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा बिजनेस मार्केटिङ डिग्रीमा अध्ययन गरिरहेका छन् । उनका हजुरबुवा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर