नुवाकोटबाट भरूवा बन्दुकसहित ३८ वर्षीय सन्तबहादुर पक्राउ — OSNepal

नुवाकोटबाट भरूवा बन्दुकसहित ३८ वर्षीय सन्तबहादुर पक्राउ

LC (KTM) March 21, 2023 0

नुवाकोट, ७ चैत-प्रहरीले किस्पाङका एक पुरुषलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा किस्पाङ गाउँपालिका(२ गोकर्ण बस्ने ३८ वर्षीय सन्तबहादुर तामाङ रहेका छन् । उनलाई भरूवा बन्दुक १ थानसहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी फिकुरीबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर