दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखी स्ववियुको मतदान • OSNepal

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखी स्ववियुको मतदान

Osnepal Admin (KTM) March 21, 2023 0

अत्तरिया, ७ चैत -कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा चैत ८ गते बुधबार हुने स्ववियु निर्वाचनको तयारी भएको निर्वाचन समितीले जनाएको छ । निर्वाचनको लागी तीन वटा मतदान स्थल बनाइएको छ ।

मत पत्र छापाईदेखी अन्य सुरक्षाको तयारी समेत पुरा भएको समितिले जनाएको छ । मुख्य तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । बिहान ८ बजेदेखी ४ बजेसम्म मतदान गर्न सकिने छ ।

क्याम्पसमा झण्डै ११ सय ७२ मतदाता रहेका छन् । निर्वाचनमा सभापतिको लागी ५ जना चुनाबी मैदानमा होमिएका छन् ।नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बनेको छ भने अनेरास्वबियु एकल प्यानलसहित चुनाबमा जाने भएको छ । यस्तै २ जनाले स्वतन्त्र टिमसहित उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर