कालिकोटमा नुन बाँड्ने कार्यतालिका सार्वजनिक , ५ किलो नुनका लागि वडाको सिफारिस अनिबार्य — OSNepal

कालिकोटमा नुन बाँड्ने कार्यतालिका सार्वजनिक , ५ किलो नुनका लागि वडाको सिफारिस अनिबार्य

LC (KTM) March 21, 2023 0

साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड डिपो कार्यालय कालिकोटले सर्वसाधारण जनताका लागि नुन बितरण गर्ने भएको छ । डिपो कार्यालयले तोकिएको समयमै आएर नुन लिएर जान रास्कोट नगरपालिकाका सबै जनता तथा सरकारी कर्मचारी, शिक्षक तथा अपांगता भएका ब्यक्तिहरुलाई आग्रह गरेको छ । कालिकोटमा नुनको अभाव हुने हुँदा तोकिएको समयमा आवश्यक कागजात पुरा गरेर नुन लिएर जान डिपोले आग्रह गरेको हो ।

नुन बितरण आज देखि १३ गते सम्मका लागि बिहान १० बजे देखी ३ : ३० बजे सम्म बितरण गर्ने कार्यतालिका समेत सार्वजनिक गरिएको छ । डिपो कार्यालय कालिकोटले प्रति घरपरिवार ५ केजी नुन प्रति केजी ९ रुपैयाको दरले उपलब्ध गराउने समेत जानकारी गराएको छ ।

डिपो केन्द्रले सार्वजनिक गरेको कार्यतालिका अनुसार ७ गते वडा नम्बर १ र २ , ८ गते वडा नम्बर ३ र ४, ९ गते वडा नम्बर ५ , वडा नम्बर ६ लाई १० गते , वडा नम्बर ९ लाई ११ गते, वडा नम्बर ८ लाई १२ गते, वडा नम्बर ७ लाई १३ गते बितरणको कार्यक्रम रहेको छ । नुन लिन आउँदा स्थानीय वडा कार्यालयको सिफारिस अनिबार्य रुपमा लिएर आउन समेत डिपोले सुचना जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर