अभिनेत्री कंगनालाई फिल्म थलाइवीले थला पार्ने निश्चित, बितरकले माग्यो निर्मातासंग ६ करोड फिर्ता — OSNepal

अभिनेत्री कंगनालाई फिल्म थलाइवीले थला पार्ने निश्चित, बितरकले माग्यो निर्मातासंग ६ करोड फिर्ता

LC (KTM) March 22, 2023 0

कंगना रनौतलाई बलिउडकी धाकड क्वीन भनिन्छ । कंगना आफ्नो फिल्मका अलावा आफ्नो खुला बयानका कारण पनि निकै चर्चामा छिन् । यति मात्र होइन कंगना सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् र हरेक दिन आफ्ना फ्यानहरूसँग आफ्ना तस्विर र भिडियो शेयर गरिरहेकी छिन् । नायिका फेरि एकपटक चार्चामा छिन्, यसपटक उनी आफ्नो फिल्म ‘थलाइवी’ लाई लिएर चर्चामा छिन् ।

यो फिल्म दक्षिणकी चर्चित अभिनेत्री र तमिलनाडुको ६ पटक मुख्यमन्त्री भइसकेकी जयललिताको जीवनमा आधारित थियो। यद्यपि फिल्मले खास केही देखाउन सकेन ।अहिले यो फिल्मले अभिनेत्रीका लागि समस्या खडा गरेको छ ।हालै आएको खबर अनुसार यस फिल्मको विश्वव्यापी वितरक जीले फिल्म निर्मातासँग ६ करोड रुपैयाँ फिर्ता मागेको छ । पैसा कमाउन नसकेका चलचित्रको वितरण अधिकारका लागि वितरण कम्पनीले ६ करोड रुपैयाँ दिएको थियो ।

अब जीले उत्पादन कम्पनीलाई इमेल मार्फत भुक्तानीको माग गर्दै पत्र पठाएको छ, जसको उनीहरूले जवाफ पाएका छैनन्। यस्तो अवस्थामा चलचित्र रिलिज भएको डेढ वर्षभन्दा बढी समय बितिसकेका कारण अभिनेत्रीले कानुनको सहारा लिन सक्ने बताइएको छ । जयललिताको भूमिका निभाउन कंगनाले २० किलो तौल लगाएकी थिइन् ।

फिल्मले कमाइ नगरे पनि कंगनाको अभिनयको निकै तारिफ भयो । यो फिल्म तमिलनाडुको पाँच पटकको मुख्यमन्त्री जयललिताको जीवनमा आधारित छ, जसले तमिल सिनेमामा सानै उमेरमा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन्। त्यसको लगत्तै उनले उच्च स्थान पनि हासिल गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर