सलमानको स्वरमा ‘जी रहे थे हम’ गीत सार्वजनिक — OSNepal

सलमानको स्वरमा ‘जी रहे थे हम’ गीत सार्वजनिक

LC (KTM) March 23, 2023 0

एजेन्सी -फिल्म ‘किसी का भाई किसकी जान’ को तेस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभिनेता सलमान खानकै आवाज रहेको छ । फिल्मका दुई गीत रिलिज भइसकेका छन् भने अब तेस्रो गीत ‘जी रहे थे हम’ पनि मंगलबार सार्वजनिक भएको हो ।

यसअघि फिल्मको ‘नाइयो लग्दा’ र ‘बिल्ली बिल्ली’ गीत रिलिज भएका थिए । जसलाई दर्शकले रुचाएका थिए ।‘जी रहे थे हम’ गीतमा अमाल मलिकको संगीत रहेको छ ।जी रहे थे हम एक’ रोमान्टिक गीत हो ।

गीतमा सलमान फरक शैलीमा देखिएका छन् । गीतमा राघव जुयाल, जस्सी गिल र सिद्धार्थ निगम पनि देखिएका छन् । यो गीतलाई सामाजिक सञ्जालमा निकै रुचाइएको छ ।

फिल्ममा उनी बाहेक पूजा हेगडे, वेंकटेश दग्गुबाती, जगपति बाबु, भूमिका चावला, अभिमन्यु सिंह, शहनाज गिल, जस्सी गिल, राघव जुयाल, सिद्धार्थ निगम, पलक तिवारी पनि देखिनेछन् ।किस का भाइ किसी की जान’ २०१४ को तमिल फिल्म ‘वीरम’ को रिमेक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर