खोप लगाउन जाँदा प्रचण्ड र माधव नेपालको जम्का भेट, के भयो कुराकानी — OSNepal

खोप लगाउन जाँदा प्रचण्ड र माधव नेपालको जम्का भेट, के भयो कुराकानी

LC (KTM) May 14, 2021 0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच जम्का भेट भएको छ ।उनीहरु कोरोनाको खोप लगाउन जाँदाभेट भएको हो । संघीय संसद भवन नयाँबानेश्वरमा कोरोनाभाइरस विरुद्धको दोस्रो डोज खोप लगाएपछि आराम गर्ने क्रममा उनीहरुबीच भेट भएको हो ।

भेटमा नेताहरुबीच कुराकानी भए पनि के कुराकानी भयो भन्ने खुलेको छैन । संघीय संसदको ल्होत्से हलमा खोप लगाएपछि आराम गर्ने क्रममा नेताहरु प्रचण्ड, नेपाल, भीम रावल, विरोध खतिवडा एकै कोठामा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर