गीतकार टीका भट्टराई नेपालको गीति संग्रह ‘अनुभुतिका स्वरहरु’ लोकार्पण — OSNepal

गीतकार टीका भट्टराई नेपालको गीति संग्रह ‘अनुभुतिका स्वरहरु’ लोकार्पण

LC (KTM) March 24, 2023 0

काठमाडौंमा एक विशेष समारोहकाबीच गीतकार टीका भट्टराई नेपालको गीति संग्रह ‘अनुभुतिका स्वरहरु’ लोकार्पण भएको छ । २५ पृष्ठको गीति संग्रहको लोकार्पण गरिएको हो । लोकार्पण गरिएको यस कृतिमा १२५ गीतहरु संग्रह गरिएका छन् ।

लोकार्पण कार्यक्रममा वरिष्ठ गीतकार एवं साहित्यकार डाक्टर कृष्णहरि बराल, गायिका ज्ञानु राणा,गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, संघका पुर्व अध्यक्ष चुडामणी देवकोटा,कलाकार लय संग्रौला,किरण केसी,उत्तम केसी लगायतयले कृतिको लोकार्पण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि डा. कृष्णहरि बरालले गीति संग्रहको चर्चा गर्दै गीतले सबै थरिको भावनालाई समेटेको बताए ।

कार्यक्रममा फिल्म लेखक,निर्देशक तथा कलाकार लय संग्रौलाले गिति संग्रहको चर्चा गरेका थिए । उनले पछिल्लो समय गीतहरु संग्रहमा आउन थालेमा अत्यन्य खुसी भएको बताए । वरिष्ठ हास्यकलाकार किरण केसी रातामकैले गीतकार नेपालको गीति संग्रहका गीतबाट आफु एकदमै धेरै प्रभावित बनेको बताए ।

समारोहमा मै केसीले गीतकार भट्टराईका ८ ओटा गीत आफुलाई प्राप्त भएको र केहि गीत रेकर्ड गर्ने बताएका थिए । गीतकार संघको आयोजनामा भएको समारोहमा कृतिको समीक्षा रामबाबु श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर