नेपालमा पूर्वमिस वर्ल्ड मानुषी छिल्लरको फिल्म छायांकन — OSNepal

नेपालमा पूर्वमिस वर्ल्ड मानुषी छिल्लरको फिल्म छायांकन

LC (KTM) March 25, 2023 0

काठमाडौँ – पूर्वमिस वर्ल्ड मानुषी छिल्लरको नयाँ फिल्म नेपालमा छायांकन गरिएको छ । नेपालमा छायांकन गरिएको भिटी १३ लाङटाङ, सिन्धुपाल्चोकको जुगल हिमाल सेरोफेरोमा छायांकन गरिएको हो ।फिल्ममा मानुषीसँगै वरुण तेजको अभिनय छ ।

फिल्मलाई शक्ति प्रतापसिंहले निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक एवं निर्माता फुर्वा शेर्पा नेपालका तर्फबाट लाइन प्रड्युसरका रुपमा जोडिएका छन् । यसअघि थुप्रै अन्तर्राष्ट्रिय प्रोजेक्टमा फुर्वा जोडिसकेका छन् ।

फुर्वा नेपालमा फिल्म छायांकन गर्न फिल्मकर्मीहरु आकर्षित हुन थालेको बताउँछन् ।नेपाल छायांकन स्थलको रुपमा चर्चित बनिरहेको पनि उनी बताउछन् । नेपाली फिल्महरु विदेशमा छायांकन गर्न गइरहेका हुन्छन् । तर, अहिले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र सम्पदाले विदेशी फिल्मकर्मीलाई आकर्षित गरिरहेको छ ।

त्यसैले पछिल्लो समय विदेशीहरु हाम्रो देशमा फिल्म छायांकन गर्नलाई आइरहने उले बताए ।यसअघि फिल्म छायांकनकै लागि बलिउड अभिनेत्री परिणिती चोपडा, बोमन इरानी र अनुपम खेर नेपाल आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर