'तिम्रो संसार बेग्लै भयो'मा विकाश र रुषाको अभिनय, हेर्नुहोस् प्रेम वियोगको यो कथा — OSNepal

‘तिम्रो संसार बेग्लै भयो’मा विकाश र रुषाको अभिनय, हेर्नुहोस् प्रेम वियोगको यो कथा

LC (KTM) March 25, 2023 0

काठमाडौँ । गायक प्रविन बेडवालको स्वर रहेको तिम्रो संसार बेग्लै भयो बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

लोकप्रिय गीतकार लोकराज अधिकारीको शब्द शृजना रहेको सार्वजनिक गीतमा ज्योती प्रकाशको संगीत रहेको छ ।

मनोहर सुनामको एरेन्ज रहेको सार्वजनीक गीतमा मोडलद्धय विकाश चौहान, रुषा न्यौपाने र रमेश खड्काको अभिनय देख्न सकिन्छ । प्रेम, रोमान्स र वियोगलाई नजिकबाट देखाइएको भिडियोको निर्देशन युवा निर्देशक प्रकाश धितालले गरेका हुन् ।

भिडियोले प्रेमी दलित भएका कारण परिवारले अस्विकार गरेको र परिवारकै दबाबमा गरिएको विबाहबाट दुवै जना खुशी हुन नसकेको कथालाई देखाएको छ ।

उत्सव दाहालको छायांकन तथा विकाश दाहालको सम्पादन रहेको भिडियो द वेभ डिजिटलबाट बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर