गायक रिमालको ‘चुतिया साले’ सार्वजनिक — OSNepal

गायक रिमालको ‘चुतिया साले’ सार्वजनिक

Bibek Karki March 25, 2023 0

गायक, संगीतकार रवि कुमार रिमालको नयाँ गीत ‘साथी त्यो मेरो चुतिया साले’को भिडियो सार्वजनिक भएको छ । गायक स्वयंकै कथा, निर्माण तथा निर्देशनमा तयार पारीएको भिडियोमा आफ्नो बाल्यकालका साथीभाइहरुसँगको सम्झनाका तिता मिठा क्षणहरुलाई कथावस्तु बनाइएको छ । भिडियोमा कुशल सिग्देल, केशिका सिग्देल, राजकुमार सिग्देल, सागर पोखरेल र निशान न्यौपानेको अभिनय रहेको छ ।

बहुचर्चित गीत ‘चरी उड्यो बादल छुनलाई’ पछि आफूले अहिलेसम्म आइपुग्दा पछाडि फर्केर हेर्नु नपरेको बताउँदै उनले निरन्तर आफ्नो सांगीतिक यात्रालाई अगाडि बढाउन थप हौसला मिलेको बताए । आफ्नो ‘स्याड रोज’ ब्याण्डसँगै बाल्यकालका साथीभाइहरुलाई विशेष सम्झना स्वरुप यो गीत समर्पित गर्न चाहेको गायक रिमालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर