तिलोत्तमा गोल्डकपको उपाधी मनाङलाई — OSNepal

तिलोत्तमा गोल्डकपको उपाधी मनाङलाई

LC (KTM) March 25, 2023 0

मनाङ मर्स्याङ्दी क्लबले तिलोत्तमा गोल्डकपको २२ औं संस्करणको उपाधि हात पारेको छ । आज बुटवल एन्फा टेक्निकल सेन्टरमा सुदूरपश्चिम ११ लाई सडन डेथमा हराउँदै मनाङले सिजनको दोस्रो उपाधि हात पारेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा गरिएको थियो । उपाधिसँगै मनाङले १० लाख रुपैयाँ हात पारेको छ ।

उपविजेता सुदूरपश्चिम ११ ले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । खेलको ५९ औं मिनेटमा कोफी टिमोटेले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । सुदूरपश्चिम ११ का फागुराम थारुले ७१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । सडन डेथमा सुदूरका दिपेन्द्र मलासीको प्रहार पोस्ट बाहिर गएपछि मनाङले उपाधि चुमेको हो । मनाङले यसअघि मकवानपुर गोल्डकपको उपाधि जितेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर