भागबन्डा मिलाउन नसक्दा मन्त्रिपरिषद् विस्तार पेचिलो बन्दै — OSNepal

भागबन्डा मिलाउन नसक्दा मन्त्रिपरिषद् विस्तार पेचिलो बन्दै

LC (KTM) March 26, 2023 0

काठमाडौं । सत्तारूढ दलबीच भागबन्डाको कुरा नटुंगिएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने उद्घोष गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भागबन्डा मिलाउनै सकस परिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई ६ चैतमा विभिन्न ११ दलले विश्वासको मत दिएका थिए । विश्वासको मत लिने अघिल्लो दिनसम्म प्रचण्डले विश्वासको मत पाएका दुई/तीन दिनभित्रमा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए ।

विश्वासको मत दिने सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रचण्डलाई सबैलाई भागबन्डा पुर्‍याउन समस्या भएको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

सरकारलाई विश्वासको मत दिएका प्रमुख एवं ठूला दलले ‘मालदार’ मन्त्रालयमा दाबी गरेपछि ढिलाइ भएको हो । साना दलले समेत भाग खोज्दै ‘राम्रा’ मन्त्रालय पाउनै पर्ने अडान लिएका छन् । सोही कारण मन्त्रिपरिषद्मा ढिलाइ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर