पाँच पाँच पटक सम्म विश्वकप जितेको ब्राजिल​​​​​​​ मोरक्कोसँग पराजित — OSNepal

पाँच पाँच पटक सम्म विश्वकप जितेको ब्राजिल​​​​​​​ मोरक्कोसँग पराजित

LC (KTM) March 26, 2023 0

एजेन्सी – मोरक्कोसँग २-१ गोलअन्तरले ब्राजिल पराजित भएको छ। पाँचपटकको विश्वकप विजेता ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोसँग २(१ गोलअन्तरले पराजित भएको हो ।

बिहान भएको खेलमा घरेलु मैदानमा २९ औं मिनेटमा बोउफलले गोल गर्दै मोरक्कोलाई १-० को अग्रता दिलाएका थिए। यसपछि ६७ औं मिनेटमा क्यासमिरोले ब्राजिलको लागि बराबरी गोल फर्काए।

तर ७९ औं मिनेटमा साविरीले गोल गरेपछि मोरक्को ब्राजिललाई पराजित गर्न सफल भएको हो । युवा खेलाडीहरूलाई मौका दिएको ब्राजिलले खेलमा मोरक्कोसँग अप्रत्याशित नतिजा भोग्न बाध्य भयो ।

यस जितसँगै मोरक्कोले पहिलो पटक ब्राजिलमाथि जित निकाल्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर