रमजान सुरु हुनुअघि टिभीकी चर्चित अभिनेत्री हिना खान उमराह गर्न साउदी अरेबियाको मक्का पुगेकी थिइन् । उनी आमा र भाइसँग उम्राह गर्न आएकी थिइन् । उनले आफ्नो भिडियो मार्फत फ्यानहरुलाई यससँग सम्बन्धित झलक देखाएकि छन् । यससँगै हिना खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा मक्का ट्रिपको तस्विर शेयर गरेकी छिन्, जसमा उनी परिवारसँग देखिएकी छिन् ।
अब फेरि एकपटक उनले आफ्नो इन्स्टामा यो यात्राका केही तस्बिर सेयर गरेकि छन् । अभिनेत्रीले मदिना मस्जिदबाट खिचेका आफ्नो पछिल्लो तस्विर शेयर गरेकी छिन् । अभिनेत्रीका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी तस्बिरहरू सेयर गर्दै अभिनेत्रीले लेखेकी छिन्, इबादत की मोहब्बत मक्का है, मोहब्बत का रुख मदिना है। उनका यी तस्विरलाई अधिकांशले मन पराइरहेका छन् भने कतिपयले उनलाई ट्रोल पनि गरिरहेका छन् ।
मानिसहरु भन्छन् कि अभिनेत्री अल्लाहको पूजा गर्न वा फोटोसुट गर्न गएको छ। एक प्रयोगकर्ताले लेखे, ‘तिमी उमराहको लागि जान्छौ कि फोटोसुट गर्न जान्छौ, अर्का प्रयोगकर्ताले लेखे, हिना खान तिमीलाई लाज लाग्नुपर्छ । यस्तो पवित्र स्थानको फोटो खिच्नुको के अर्थ रु तेस्रो प्रयोगकर्ताले लेखे, म्याडम, यो मस्जिद हो, र्याम्प होइन। यस्ता कमेन्टबाट रिसाएर अभिनेत्रीले आफ्नो कमेन्ट सेक्शन बन्द गरेकी छिन् ।