बारा २ हुने उपनिर्वाचनमा जसपालाई सहयोग गर्ने देउवाले दिए वचन ! — OSNepal

बारा २ हुने उपनिर्वाचनमा जसपालाई सहयोग गर्ने देउवाले दिए वचन !

LC (KTM) March 26, 2023 0

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाख २०८० मा उपनिर्वाचन हुने बारा–२ मा जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ ।सभापति शेरबहादुर देउवाले बारा–२ मा जसपालाई सहयोग गर्ने वचन दिइसकेको बताइएको छ ।

शनिबार भएको पदाधिकारी बैठकमा देउवाले यसतो बचन दिएका हुन् । बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ प्रतिनिधिसभा सदस्य पद रिक्त छ ।

यसअघि ४ मंसिरमा भएको निर्वाचनमा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई कांग्रेसले समर्थन गरेको थियो । पनिर्वाचन हुने चितवन–२ र तनहुँ–१ मा भने कांग्रेसले सोमबार उम्मेदवार तय गर्ने बताइउको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर