कालिमाटिमा खुल्यो भर्खरै जन्मिएको वच्चा र गर्भवतीको तस्विर खिचाउने लिटिल लभ स्टुडियो — OSNepal

कालिमाटिमा खुल्यो भर्खरै जन्मिएको वच्चा र गर्भवतीको तस्विर खिचाउने लिटिल लभ स्टुडियो

LC (KTM) March 26, 2023 0

काठमाडौँ । गर्भवती (म्यार्टनिटी) र नवजात शिशुको तस्विर खिचाउने सोचमा हुनुहुन्छ ? यदी तपाईले आफ्नी गर्भवती पत्नि सुत्केरी हुनुपूर्वका तस्विरहरु र बच्चा जन्मिसकेपछिका तस्विरहरु जिन्दगी भर सम्झनाका लागि, रमाइलो गरी सजाएर घरमा राख्न चाहानुहुन्छ भने तपाईका लागि खुशीको खबर छ ।

विगत १५ वर्षदेखि फोटोग्राफिमा काम गर्दै आएको टिमले कालीमाटीको वान सिनेमा घरसँगै संचालनमा ल्याएको लिटिल लभ स्टुडियोमा अब तपाईको आवश्यकता अनुसार फोटो सुट गर्न सक्नुहुनेछ ।

जसमा प्रोफेसनल महिला फोटोग्राफर विशेषता पोखरेल (९७६१६१३०१५)ले तपाईका तस्विरहरु खिच्नेछिन् । लिटिल लभ स्टुडियोकी संचालक विशेषताका अनुसार गर्भवती महिला र भर्खरै जन्मिएको शिशुलाई स्टुडियोले आफ्नै ड्रेस समेत उपलब्ध गराएर सन्तुलित तापक्रम र उपयुक्त वातावरणमा फोटोसुट गराइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर