साढे ११ हजार हिरा जडान गरिएको दुनियाकै महंगो गितारबारे जान्नुहोस् यो रोचक तथ्य — OSNepal

साढे ११ हजार हिरा जडान गरिएको दुनियाकै महंगो गितारबारे जान्नुहोस् यो रोचक तथ्य

LC (KTM) March 26, 2023 0

काठमाडौँ । दुनियाकै महंगो गितारको मूल्य कति होला ? मूल्य २६ करोड रुपैयाँभन्दा धेरै पर्ने गितार अहिले चर्चामा छ ।

जसमा ११ हजार ४४१ वटा हिरा जडित भएको समाचारमा जनाइएको छ । साथै उक्त गितारमा १८ क्यारेटको १ किलो ६सय ग्राम ह्वाइट गोल्ड पनि राखिएको बताइन्छ ।

जसलाई एडन अफ कोरोनट पनि भन्ने गरिन्छ । कुल ७ सय दिन लागाएर बनाइएको गीतार निर्माणको कहानी पनि रोचक छ । हङकङका चर्चित गहना डिजाइनर आरोन शुमले उक्त गितार तयार पार्दा मात्रै करोडौँ रकम खर्चिएका छन् ।

जारौं हिरा र डेढ किलोभन्दा धेरै सेतो सुन जडान यो महंगो गितार सन् २०१५ मा अबुधाबीस्थित एक गहना पसलमा पहिलोपटक प्रदर्शनमा राखिएको थियो ।

कस्टमाइज्ड गिब्सन एसजी गितारको बडीलाई ह्वाइट गोल्डले ढाकिएको छ । जसमा फूलको डिजाइनमा हिरा जडान गरिएको छ । ६८ जना कालिगड मिलेर बनाएको यो गितार अहिले विश्वमा नै चर्चाको शिखरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर