यि चर्चित कलाकार जसले १५० रुपैयामा गरे बिबाह, बिबाहको खर्च कोरोनाका बिरामीलाई दिने गरे घोषणा — OSNepal

यि चर्चित कलाकार जसले १५० रुपैयामा गरे बिबाह, बिबाहको खर्च कोरोनाका बिरामीलाई दिने गरे घोषणा

LC (KTM) May 08, 2021 0

भारतमा यतिबेला सेलिब्रेटीहरुले अनेक प्रकारले आ आफ्नो तर्फबाट कोरोना महामारीको चपेटामा परेकाहरुका लागि सहयोग गरिरहेका छन् । एउटा यस्तो अचम्मको खबर आएको छ जस्ले सबैको मन छुन्छ ।

सीरियल नामकरणका एक एक्टर बिराफ पटेल र एक्ट्रेस सलोनी खन्नाले १ सय ५० रुपैयामा आफ्नो बिबाह सम्पन्न गरेका छन् । उनीहरुले बिबाहका लागि छुट्याएको रकम कोभीडका बिरामीहरुका लागि दिने घोषणा समेत गरेका छन् । उनीहरु दुबै जनाले मे ६ तारिकका दिन मुम्बईको बान्द्रा कोर्टमा आफ्नो बिबाह गरेका हुन् ।

यो सरल कोर्ट म्यारिजका लागि उनीहरुले १५० रुपैया मात्र खर्च गरेका थिए । कोरोनाको संक्रमणलाई देखेर आफुहरु दुबैजनाले यो फैसला लिएको बताएका छन् । उनका अनुसार बिबाह दर्ताका लागि १०० रुपैया र फोटोकपीको लागि ५० रुपैया गरेर १५० रुपैयामा बिबाह सम्पन्न भएको हो ।

उनले आफ्नी बेहुलीलाई रिंगको ठाउँमा रबर बैंडको औठि लगाईदिएका थिए । उनीहरुको बिबाहलाई लिएर परिवारका केही सदस्यहरु भने असन्तुष्ट रहेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर