पुष्पा फिल्म बाट चर्चामा आएकी अभिनेत्री रश्मिका घरबाट निस्कने बेलामा आफ्नी कामदारको गोडा ढोग्छिन् , यस्तो रहेछ कारण — OSNepal

पुष्पा फिल्म बाट चर्चामा आएकी अभिनेत्री रश्मिका घरबाट निस्कने बेलामा आफ्नी कामदारको गोडा ढोग्छिन् , यस्तो रहेछ कारण

LC (KTM) March 26, 2023 0

रश्मिका मदन्ना फिल्म ‘पुष्पा’ बाट एकाएक चर्चामा छाईन् । उनको अभिनय र सुन्दरताको तारिफ सबैले गरे । त्यतिमात्र हैन उनी राष्ट्रिय क्रस र प्यान इन्डिया स्टार बनिन्। जति उनि फिल्ममा ग्ल्यामर्स र हट देखिन्छिन् त्यति नै रियल लाईफमा सिम्पल र संस्कारी रहेकी छिन् । पुष्पा फिल्मको अपार सफलता पछि उनले अमिताभ बच्चनसँग ‘गुडबाय’ बाट बलिउडमा डेब्यू पनि गरेकी थिइन् ।

रश्मिका मदनाको सुन्दरता र उनको सादगीमा मानिसहरु विश्वस्त छन् । आफ्नो पछिल्लो अन्तर्वार्तामा रश्मिका मन्दनाले खुलासा गरेकी छिन् कि उनी घर जाँदा हरेक दिन आफ्नी कामदारको खुट्टा छुन्छिन्। उनले यसो गर्नुको रहस्य खुलाएकी छिन् । उसो त उनले घरमा काम गर्ने कामदार मात्र हैन परिवारका सबै मान्यजनको खुट्टा ढोग्ने गरेकि छिन् ।

तर उनले कामदारको खुट्टा ढोग्नुको कारण भने एक अन्र्तबार्तामा बताएकी छन् । उनी घरका सबैलाई एक समान ठान्छिन् त्यसैले कामदार पनि परिवारकै हिस्सा मान्ने गरेकि छिन् । यसो गर्दा उनलाई मन देखि नै खुशी मिल्ने भएकोले आफुले सधै यस्तो कार्य गरेको बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर