कक्षा ७ मा पढ्ने १२ वर्षकी बालिकाले ब्रेड बेचेर किनिन् आइफोन १४, अहिले पनि गर्छिन् मनग्य आम्दानी — OSNepal

कक्षा ७ मा पढ्ने १२ वर्षकी बालिकाले ब्रेड बेचेर किनिन् आइफोन १४, अहिले पनि गर्छिन् मनग्य आम्दानी

LC (KTM) March 27, 2023 0

काठमाडौं । आइफोन बोक्ने र चलाउने रहर कसलाई नहोला ? अझ आइफोनका लेटेस्ट मोडलहरु भनेपछि जो कोही हुरुक्क हुन्छन् । आइफोन चलाउने हुटहुटीले कक्षा सातकी छात्रा बियान्का जेमी वरियावाले आफूले बनाएको ब्रेड विद्यालयमा बेचेर आफ्नो सपना पूरा गरेकी छिन् । स्कूलका बालबालिका र शिक्षकहरूलाई उनले बनाएको ब्रेड निकै मनपथ्र्यो ।

उनले ब्रेड बेचेर ६ हप्तामा ३ हजार दिराम कमाइन् । खबर हो संयुक्त अरब इमिरेट्सको दुबई सहरको । जहाँकी एक भारतीय परिवारकी १२ वर्षीया छोरीले आफ्नो कमाइको पैसाले आइफोन १४ किनेर सबैलाई चकित पारिन् । उनका आमाबुवासँग छोरीको लागि आईफोन किन्न पर्याप्त पैसा नभएपछि यी किशोरीले आफ्नै लगाव र मेहेनतले आइफोन १४ किनेपछि अहिले उनी र उनका बाबु आमा सबै खुशीले दंग छन् ।

बियान्काले खलीजले साथीहरूलाई ब्रेडको स्वाद र पफिनेस मन पपछि उनीहरुलाई नै आफ्नो ब्रेडको स्ूवाद चखाउँदै आम्दानी गर्ने उदेश्यले सपना पूरा भएको बताइन् । बियान्काका आमाबुवा दुवै बेकर हुन् र दुवैले दुबईको पाँचतारे होटलमा काम गरेर परिवारको गुजारा चलाउँदै आएका छन् ।

बियान्का स्कुलमा पहिलो दिन मात्र दुईवटा ब्रेड बेच्दा अलिकति निराश भइन् । तर उनले हार मानिनन् र विद्यालयमा ब्रेड बेच्ने काम जारी राखिन् । उनी चारवटा ब्रेड १० दिराममा बेच्ने गर्थिन्। चाँडै विद्यालयमा बियान्काको ब्रेडको लोकप्रियता बढ्न थाल्यो र हरेक दिन उनले ६० वटा ब्रेडको अर्डर पाउन थालेपछि अहिले पनि उनको आम्दानी निकै आर्कषक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर