बलिउडकै धनी अमिताभ बच्चनकी एक्ली छोरी श्वेताले उधारो लिएर आफ्नो घर खर्च चलाउने गर्थिन् — OSNepal

बलिउडकै धनी अमिताभ बच्चनकी एक्ली छोरी श्वेताले उधारो लिएर आफ्नो घर खर्च चलाउने गर्थिन्

LC (KTM) March 27, 2023 0

श्वेता बच्चन शताब्दीका मेगास्टार अमिताभ बच्चन र जया बच्चनकी प्यारी र एक्ली छोरी हुन्। यति हुँदाहुँदै पनि उनको जीवनमा यस्तो समय आयो कि उनले ऋणमा पैसा लिनुपर्यो । जान्नुहोस उनको बारेमा एकदमै रोचक किस्सा । आफ्नी छोरी नव्या नवेली नन्दको पोडकास्ट शो ‘ह्वाट द हेल नव्या’ मा श्वेता बच्चनले आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित धेरै अचम्मका खुलासा गरेकी थिइन् ।

श्वेताले भनिन्, ‘मेरी आमाले मलाई आर्थिक व्यवस्थापन गर्न कहिल्यै सिकाउनुभएन । यो, सिकेको भए मैले अभिषेक बच्चनलाई स्कूलमा पैसा उधारो माग्नुपर्ने थिएन। त्यतिबेला पैसासँग मेरो सम्बन्ध निकै खराब थियो ।आज पनि नब्याले मात्र घरको आर्थिक व्यवस्थापन गर्छिन् । यसका साथै श्वेताले निखिल नंदासँग विवाह गरेपछि दिल्लीको किन्डर गार्डेनमा सहायक शिक्षकको रूपमा काम गरेको बताएकी थिइन् श्वेताका पति निखिल नन्द राज कपूरकी छोरी रितु नन्दका छोरा हुन् ।

जसले उद्योगमा नआएर व्यवसाय सुरु गरेका छन् । श्वेता र निखिलका दुई सन्तान नव्या नवेली नन्द र अगस्त्य नन्द छन् । श्वेता फिल्मबाट टाढा रहेपनि उनी चर्चित लेखिका हुन् । यससँगै उनले एमएक्सएस नामको आफ्नै फेसन लेबल पनि लन्च गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर