“म बोल्छु” भन्दै युवा सडकमा — OSNepal

“म बोल्छु” भन्दै युवा सडकमा

LC (KTM) July 12, 2021 0

इटहरी-बर्तमान समयमा देशमा मौलाएको   भष्ट्राचार ,अनियमितता  र बड्दो सत्ता खिच्चातानी विरुद्ध  इटहरीको  गोलो चोकमा प्रदर्शनी  भएको छ । “म बोल्दैछु अब तपाई नि बोल्नुहोस”, म पैदल हिन्दै कर तिरेर आए सरकार करौडौको सवारीमा थिए ।

छाक कटाएर कर तिर्छु सरकार तिमि आफ्ना लागि महल बनाउ  ,म बोल्छु अब मौनताले देश डुब्यो  ,युवा खाडीमा मन्त्रि ज्यु करौडौको  गाडीमा ,अब चुप बसे न नेपाल रहन्छ न नेपाली   मेरो अनि हाम्रो मौनता भ्रष्टाचारिका लागिका लागि हिम्मत भयो ,देशले गुहारी रहेको छ र अब अत्ति भयो ,अब त बोल्छु  जस्ता नारा युवाले  पम्पलेटमा लेखेर मौन उभिएका हुन् ।

उक्त कार्यक्रमका अभियन्ता  शम्भु राई अनुसार “एउटा समुह देश लुट्न व्यस्त छ भनी आम जनाता त्यो देखेर पनि चुपचाप छन र  देश लुट्नेका लागि त्योनै शक्ति बनेको र आफु संचेत हुदै जनतालाई जनचेतना  जगाउने कार्य भएको बताएका हुन् ।कार्यक्रममा ४० भन्दा माथि युवाको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर