१०४ वर्षीया हजुरआमाले एक्कासी किन बेचिन् आँफुले १०२ वर्षसम्म बसेको घर ? — OSNepal

१०४ वर्षीया हजुरआमाले एक्कासी किन बेचिन् आँफुले १०२ वर्षसम्म बसेको घर ?

LC (KTM) March 28, 2023 0

काठमाडौँ । १०४ वर्षीया महिलाले १०२ वर्ष देखि बस्दै आएको घर बेचेकी छिन् । खबर हो बेलायतको पश्चिमी क्षेत्र समरसेटको । जहाँकी १०४ वर्षकी बृद्ध महिला न्यान्सी गिफर्डले बिताएको घर बिक्री गरेकी छन्। गिफर्डले आफ्नो १०४औँ जन्मोत्सव मनाएसँगै उक्त घर बेचेको बताइएको छ । उनी २ वर्षकी हुँदा आमाबुबाले सो घर सन् १९२१ मा २०० पाउन्डमा किनिएको थियो ।

जुन घर अहिले आएर १ लाख ६९ हजार पाउन्डमा बिक्री भएको छ। किनेको मूल्यभन्दा ८५० गुणा बढीमा घर बिक्री भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

सोही घरमै हुर्किएका गिफर्डका ७९ वर्षीय छोरा बाल्यकालको स्मरण गर्दै भन्छन्, “हामी केटाकेटी छँदा आफ्नो उमेरका सबैलाई चिन्थ्यौँ र घरहरू खुला नै रहन्थे। सबै गरिब थियौँ तर, खुशी थियौँ।”सन् १८८२ मा बनेको उक्त घरमा अहिलेसम्म पाँच पुस्ता रमाए । १०४ वर्षकी बृद्ध महिला न्यान्सी गिफर्डका एक छोरा र एक छोरी छन्। जोसँग उनी निकै खुशी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर