एकाएक मन्दिरमा २ हजार भेडाको टाउको फेला परेपछि सबै चकित — OSNepal

एकाएक मन्दिरमा २ हजार भेडाको टाउको फेला परेपछि सबै चकित

LC (KTM) March 28, 2023 0

इजिप्ट – इजिप्टमा चकित पर्ने एउट रहस्य बाहिर आएको छ । आइतबार इजिप्टको पर्यटन तथा पुरातात्विक मन्त्रालयले इजिप्टका राजा फारो रामसेज द्वितीयको मन्दिरमा एकाएक २ हजार भन्दा बढी ममीफाइड भेडाको टाउको फेला परेको जनाएको छ ।

दक्षिणी इजिप्टमा मन्दिर र चिहानका लागि प्रख्यात एबिडोस शहरमा न्यूयोर्क विश्वविद्यालयका अमेरिकी पुरातत्वविद्हरूको टोलीले यो खोज गरेको हो। जसमा २ हजार भेडाको टाउको सहित कुकुर, बाख्रा, गाई, मृग र न्याउरीमुसाको टाउकोको ममी पनि फेला पारेको बताइएको छ ।

खोज टोलीका प्रमुख समेह इस्कन्दरले इजिप्टका राजा फारो रामसेज द्वितीय को मृत्युपछि उनको मन्दिरमा जनावरको बलि दिइएको बताए ।किनकी त्यती बेला बलिदानको लागि प्रायः भेडाहरू प्रयोग गरिन्थ्यो।

ममी गरिएका जनावरहरूको अवशेषसँगै, पुरातत्वविद्हरूले करिब ४,००० वर्ष पुरानो पाँच मिटर बाक्लो पर्खाल भएको दरबारको अवशेष फेला पारेका छन्।

खोजीका क्रममा उनीहरूले धेरै मूर्ति, पुरातन रुखका अवशेष, छालाका कपडा र जुत्ता पनि फेला पारेका छ्छन् । एबिडोस, जो नील नदीमा कायरोबाट ४३५ किलोमिटर दक्षिणमा अवस्थित छ र सेती प्रथम र नेक्रोपोलिज जस्ता मन्दिरहरूको लागि प्रसिद्ध छ। इजिप्टको अर्थतन्त्रमा पर्यटनले केन्द्रीय स्थान ओगटेको छ। जिप्ट सरकारले सन् २०२८ सम्ममा वार्षिक ३ करोड पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर